info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ
सूचना:-
पछिल्लो अपडेट
  • Slide 1
  • Slide 2
  • Slide 3

  हाम्रो बारेमा

वन नेपालको एक महत्वपूर्ण प्राकृतिक सम्पदा हो । देशका आर्थिक विकासका मेरुदण्डका रुपमा रहेका कृषि¸ पर्यटन¸ जलस्रोत¸ उद्योग आदिको आधारस्तम्भ पनि वन नै हो । देशको आर्थिक¸ सामाजिक एवं वातावरणीय क्षेत्रको विकासमा वनको उल्लेखनीय योगदान रहेको छ ।देशको कुल भू-भागको ४५.३१ प्रतिशत क्षेत्र वनले ढाकेको छ । क्षेत्रफलको हिसावले सानो देश भएतापनि भौगोलिक वनावट¸ उचाई तथा हावापानीको विविधतामा अत्यन्त धनी छ । जैविक विविधता देशको समृद्धिसँग पनि गाँसिएको छ । वन जैविक विविधताको ठूलो भण्डार पनि हो । देशको वन सम्पदाको संरक्षण¸ विकास तथा व्यवस्थापन गर्ने उदेश्यले स्थापित वन विभाग देशकै पुरानो विभागहरु मध्येको एक महत्वपूर्ण विभाग हो । वि.सं. १९९९ मा केन्द्रमा वन विभाग (काठ महल) खडा भई सो अन्तर्गत ३  सर्कल र १२ वनजाँच अड्डाहरु स्थापित भए । वन संगठनलाई प्रभावकारी¸ समयानुकूल¸ जनमुखी र सेवामूलक बनाउन समय-समयमा यसको पुनर्गठन भइरहेको छ । नेपालले अवलम्वन गरेका समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम मध्ये सामुदायिक वन ले विश्वमा नै ख्याति प्राप्त गरेको छ । समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमहरुको सफल कार्यान्वयनवाट वनको हैसियतमा सुधार हुनुका साथै उपभोक्ताका लागि काठ¸ दाउरा¸ घाँसपात एवं गैरकाष्ठ वन पैदावारका आवश्यकता सहज रुपमा परिपूर्ति भई वातावरण र जैविक विविधता संरक्षणमा उल्लेख्य योगदान पुगेको छ । हाल सरकारद्वारा व्यवस्थित वन¸ सामुदायिक वन तथा साझेदारी वनहरुको व्यवस्थापनवाट वन पैदावार आपूर्तिमा सहयोग पुगी राखेको छ । अहिले पनि वन पैदावार संकलन¸ बिक्री¸ वितरण एवं वन पैदावारमा आधारित उद्योग संचालन मार्फत प्रशस्त रोजगारी र आयआर्जनका अवसर प्राप्त भइरहेको छ । यसरी विगत देखि नै वन पैदावारको आपूर्ति¸ रोजगारी आयआर्जन तथा वातावरणीय सेवाका क्षेत्रमा वनको अहम भूमिका रहिआएको छ । वन एक नवीकरणीय प्राकृतिक स्रोत भएकोले यसको समुचित व्यवस्थापनका माध्यमवाट वस्तु र सेवा उपलव्ध गराउँदै वनलाई समृद्धिको आधार वनाउनको लागि राष्ट्रिय योजना आयोगले १५ औं योजनामा समृद्धिको लागि वन कार्यक्रम रुपान्तरणकारी योजनामा समेत समावेश गरेको छ । देशको झण्डै आधा भू-भाग वनले ढाके तापनि हाल विदेशवाट समेत काठ आयात भइरहेको छ ।

थप पढ्नुहोस्

शिव कुमार वाग्ले

महानिर्देशक

015327574

गणेश पौडेल

उप महानिर्देशक



दिपक ज्ञवाली

उप महानिर्देशक

9851147255

धनन्जय लामिछाने

उप महानिर्देशक



वार्षिक कार्यक्रम/प्रगती


थप पढ्नुहोस्

सामुदायिक वनको अन्तराष्ट्रिय गोष्ठी


थप पढ्नुहोस्

वनसँग सम्बन्धित तथ्यांकहरु


थप पढ्नुहोस्

तस्विर संग्रह