शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।स्वा., इन्जि.जियोलोजी १, कृ.एग्रोनोमी अधिकृत १ गरी जम्मा ३ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।
शाखाको कार्य विवरण
१ भू उपयोग विकास नीतिसंग नबाझिने गरी भू उपयोग विकासको लागि आवश्यक नीति, रणनीतिहरु तयार गर्ने
२ भू उपयोग विकाससंग सम्बन्धित सरकारी, गैह्रसरकारी संस्थाहरु र दातृ निकायहरुसंग समन्वय र सहकार्य गर्ने
३ भू उपयोग विकाससंग सम्बन्धित संरक्षण र विकासका नमुना कार्यक्रमहरु सञ्चालन गर्ने, गराउने।
४ विपद् सम्बन्धि तथ्यांक तथा सूचना संकलन, विश्लेषण, अध्ययन अनुसन्धान गर्ने, गराउने ।
५ जलवायु परिवर्तन अनुकुलन तथा समानुकुलन सम्बन्धि तथ्याकं तथा सूचना संकलत, विश्लेषण, अध्ययन अनुसन्धान गर्ने, गराउने तथा बदलिदो परिवेशमा उपयुक्त हुने प्रविधि तथा रणनीति विकास गर्ने, गराउने ।
६ जलवायु परिवर्तनसंग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संरक्षण साझेदारहरुसंग समन्वय सहकार्य गर्ने ।
७ विपद् न्यूनीकरण न्यूनीकरणका लागि सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने, गराउने ।
८ क्षतिग्रस्त भूमि, नदीउकास जग्गा जस्ता क्षेत्रहरुको नक्शांकन गरी व्यबस्थापकिय कार्यान्वयन योजना तर्जुमा गर्ने ।
९ नदि उकास जग्गा व्यवस्थापनसंग सम्भंधित ऐन, नियमवालिहरुको कार्यान्वयन
१० विभागीय प्रमुखले तोकेको अन्य आवस्यक कार्यहरु गर्ने
महानिर्देशक
शिव कुमार वाग्लेjs.dg@dofsc.gov.np
015327574
उप महानिर्देशक
गणेश पौडेलjs.watershed@dofsc.gov.np
उप महानिर्देशक
रविन्द्र महर्जनjs.mgmt@dofsc.gov.np
9851203626
उप महानिर्देशक
दिपक ज्ञवालीjs.fwpd@dofsc.gov.np
9851147255