info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

||
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

वन व्यवस्थापन शाखा


वन व्यवस्थापन शाखा


शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।, र एक जना सहायक वन अधिकृत गरी जम्मा दुर्इ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

(क) शाखाको कार्य विवरण 

१. वन व्यवस्थापन सम्बन्धि नीति, ऐन नियम, निर्देशिका, मापदण्ड तयारी, संशोधन तथा परिमार्जन सम्बन्धी

  • समस्या पहिचान
  •  सुझाव प्राप्ती
  • राय सहित महाशाखा प्रमूख समक्ष पेश गर्ने
  • सेवाग्राही तथा सरोकारवालालाई आवश्यक सूचना, जानकारी उपलब्ध गराउने ।

२. वन क्षेत्रको भू उपयोग नीति, वनको वर्गिकरण र व्यवस्थापन संवन्धी कार्य

  •   भू उपयोग नीतिमा वन क्षेत्र कायम हुनु पर्ने भनी उल्लेख भएका क्षेत्रहरुको पहिचान गरी गराइ भू उपयोग परिवर्तनको अवस्था विश्लेषण गरी प्रतिवेदन पेश गर्ने ।
  • दिगो वन संरक्षण, व्यवस्थापन एवं वातावरण र विकास विचको संतुलन कायम गर्नका लागि भू उपयोग योजना लागू गर्नुपर्ने वन क्षेत्रहरुको पहिचान गरी गराइ प्रतिवेदन पेश गर्ने प्रदेश भित्रको राष्ट्रिय वन र अन्तर प्रादेशिक वनको रणनीतिक योजना तर्जुमाको लागि आवश्यक प्रकृयाको क्रममा संवन्धित प्रदेश सरकारसंग परामर्श तथा संवन्धित डि.व.का.हरुसंग आवश्यक समन्वय गर्ने
  •  डि.व.का. लगायत अन्य निकायहरुबाट प्राप्त फाइलहरु उपर वन ऐन, नियम, निर्देशिका अनुसार विश्लेषण गरी प्रकृया पुरा भएको खण्डमा महाशाखा प्रमूख समक्ष राय साथ पेश गर्ने यससँग सम्बन्धीत उजुरी तथा गुनासो सम्बोधन गर्ने
  • प्रत्यायोजित अन्यथप अधिकार बमोजिम निर्णय दिने र राय ठहर साथ पेश गर्ने ।

३. विभिन्न अनुगमन निरिक्षण प्रतिवेदन सम्वन्धमा वन व्यवस्थापन सम्वन्धी विषयको विश्लेषण गरी सुधारको लागि आवश्यक पहलकदमीको सिफारिस गर्ने

  • वन व्यवस्थापन संवन्धमा स्थलगत रुपमा निरिक्षण भै प्राप्त हुन आएका अनुगमन निरक्षिण प्रतिवेदनहरु अध्ययन गर्ने
  • वैज्ञानिक वन व्यवस्थापन संग सम्वन्धितत कार्यहरुको अनुगमन, अध्ययन अनुसन्धान सम्वन्धित कार्यमा सहजीकरण गर्ने
  • अनुगमन प्रतविेदनहरुको विश्लेषण गरी सुधारको लागि आवश्यक नीतिगत व्यवस्थाको लागि राय सहितको प्रतिवेदन तयार गर्ने
  • वन व्यवस्थापनका विषयमा परेका उजुरी तथा गुनासो सम्बन्धमा छानविन तथा अनुसन्धान गरी सम्बन्धित निकायमा प्रतिवेदन पेश गर्ने।

४. वन व्यवस्थापन सम्वन्धी विद्यमान मोडलहरुको विश्लेषण गरी नीतिगत सुधारको लागि सिफारिस

  •    वन व्यवस्थापनका लागि तयार गरिएका विद्यमान नीति, निर्देशिका, कार्यविधिहरुको अध्ययन गरी कार्यान्वयनको क्रममा आइपरेका समस्याहरुको पहिचान गर्ने
  • विद्यमान नीति, निर्देशिका, कार्यविधिहरुको सुधारको लागि आवश्यक नीति, निर्देशिकाहरुको मस्यौदा तयार गरी पेश गर्ने
  •  कार्यक्रम कार्यन्वयन गर्न श्रोत र क्षमता विस्तार गर्ने
  • कार्यक्रम कार्यन्वयनका लागि आवश्यक सहजीकरण गर्ने
  • सूचना प्रणालीको विकास गर्ने, तथ्याँङ्क अध्यावधिक गर्ने र अभिलेखीकरण गर्ने आवश्यकता अनुसार अनुगमन गरी प्रतिवेदन दिने

५. एकभन्दा बढी प्रदेशमा फैलिएको, भौगोलिक तथा प्राकृतिक रुपमा जोडिएको, पारिस्थिकिय प्रणालीको दृष्टिकोणबाट अन्तर सम्बन्धित रहेको, चाक्लाको रुपमा रहेको, भू–परिधीयस्तरमा समेटिएको वनको संरक्षण व्यवस्थापन र सदुपयोग सम्बन्धि नीति, रणनीति, निर्देशिका, मापदण्ड, नक्शांकन सम्बन्धी कार्य

  • अन्तर प्रादेशिक क्षेत्रमा फैलिएको वन क्षेत्रको पहिचान गरि सिमाना एकिन गर्ने
  • वन ऐनमा भएको व्यवस्थाको विस्तृत अध्ययन गरि व्यवस्थाको यस प्रकारका वनको प्रभावकारी कार्यान्वयनको लागी आवश्यक पर्ने नीति, रणनीति, निर्देशिका, र मापदण्डहरुको कार्य सुचि तयार गर्ने
  • नीति, रणनीति, निर्देशिका, मापदण्ड तयारीका लागी विभिन्न तह र चरणमा सरोकारवालासँग छलफलको आयोजना  गर्ने र  सुझावहरु प्राप्त गरि मस्यौदा तयार गर्न
  • कार्ययोजना तयारी सम्बन्धी कार्य
  • क्षेत्र एकिन र नक्शांकन सम्बन्धि कार्य
  • तथ्याँकको विकास गर्ने, अध्यावधिक गर्ने, अभिलेखीकरण व्यवस्थापन

६.अन्तर प्रादेशिक वन र संरक्षण वन क्षेत्रको ँयअब िशाखाको रुपमा कार्य

  •  नीति, निर्देशिका, मापदण्ड, निर्देशिका, कार्ययोजना र नक्साहरु लगाएतका विवरणहरुको अभिलेखिकरण गर्ने
  • कार्यदल, समीती र सरोकारवालाहरु संग नियमित वैठक संचालन गर्ने
  • सम्पर्क स्थापित गरि सूचना प्रणालीको विकास गर्ने, तथ्याँङ्क अध्यावधिक गर्ने, अभिलेखीकरण गर्ने र सुचनाको आदान प्रदान गर्ने
  • प्रदेश सरकार, स्थानिय तह र सरोकारवालाहरु संगको विवाद समाधान सम्वन्धी कार्य
  • अग्रसरता र अनुकरणीय भई यस सम्वन्धी परि आउने कार्यहरु गर्ने

७. वन पैदावार सदुपयोग सम्वन्धी

  •  वनक्षेत्रवाट उत्पादन हुने काठ, दाउरा तथा साईटिस वाहेकका जडीबुटि सम्वन्धी सम्पूर्ण कार्य गर्ने
  •  जिल्ला वन पैदावार व्यवस्थापन योजना सम्वन्धी सम्पूर्ण कार्य
  • विपद व्यवस्थापन तथा सो मा परेका व्यक्ति, संघ संस्था, मठ मन्दिर आदी लाई उपलब्ध गराउने काठ, दाउरा सम्वन्धी व्यवस्था
  •  समिति, निगम जस्ता निकायलाई उपलब्ध गराउने वन पैदावार व्यवस्था सम्वन्धी

८. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने ।

Image

महानिर्देशक

शिव कुमार वाग्ले

js.dg@dofsc.gov.np

015327574

Image

उप महानिर्देशक

गणेश पौडेल

js.watershed@dofsc.gov.np

Image

उप महानिर्देशक

रविन्द्र महर्जन

js.mgmt@dofsc.gov.np

9851203626

Image

उप महानिर्देशक

दिपक ज्ञवाली

js.fwpd@dofsc.gov.np

9851147255