info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ


(क).शाखाको कार्य विवरण 

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा। र एक जना वन अधिकृत गरी जम्मा दुर्इ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

१.वन्यजन्तु संरक्षण सम्बन्धि नीति, ऐन नियम, निर्देशिका, मापदण्ड सम्बन्धी 

  •  संरक्षित क्षेत्र बाहिर वन्यजन्तु तथा वासस्थान संरक्षण तथा व्यवस्थापन सम्बन्धी समस्याको पहिचान गर्ने
  • विद्यमान कानूनी व्यवस्थाहरु अध्ययन, सरोकारवालासँग छलफल गरी सुझाव प्राप्त गरी संशोधन तथा परिमार्जन गर्न राय संकलन गरी महाशाखा प्रमूख समक्ष पेश गर्ने
  • सेवाग्राही तथा सरोकारवालालाई आवश्यक सूचना, जानकारी उपलब्ध गराउने

२.संरक्षित क्षेत्र बाहिर वन्यजन्तु व्यवस्थापन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी

  • डि.व.का.हरुबाट अनुरोध भई आएका वन्यजन्तु अपराध नियन्त्रण इकाई गठनको आवश्यक्ता पहिचान गरी उपयुक्त ठहर भएमा गठनका लागि महाशाखा प्रमूख समक्ष पेश गर्ने
  • अन्तर जिल्ला तथा अन्तर प्रदेश वन्यजन्तु अपराध नियन्त्रण कार्यका लागि समन्वय तथा सहजीकरण गर्ने
  • विभिन्न जिल्ला जिल्लामा अवस्थित वन्यजन्तु अपराध नियन्त्रण इकाईहरुका कार्य प्रगति एकत्रित गरी प्रतिवेदन तयार गर्ने
  • वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रण सम्बन्धी कार्य जिम्मेवारीको विभागिय फोकल प्वाइन्टको रुपमा काम गर्ने
  • वन्यजन्तु व्यवस्थापन तथा अनुसन्धान सम्बन्धी विभागको पूर्व स्वीकृती लिनुपर्ने भनी तोकिएका कार्यहरु गर्ने गराउने
  •  वन्यजन्तु व्यवस्थापन तथा अपराध नियन्त्रणको क्षेत्रमा विभागिय क्षमता अभिवृद्धी गर्ने गराउने
  • वन्यजन्तु पालन, प्रजनन तथा व्यवसायीक उपयोग सम्बन्धी तोकिएका कार्यहरु गर्ने गराउने
  • वन्यजन्तु संरक्षण र व्यवस्थापन सम्बन्धि आवश्यक तथ्यांकहरु अध्यावधिक गर्ने गराउने
  • नयाँ जैविक मार्गहरुको पहिचान तथा पहिचान भएकाहरुको पुनस्र्थापना तथा व्यवस्थापन
  • वन्यजन्तुको आवधिक गणना सम्पन्न गर्ने गराउने

३.मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा समन्वय तथा सहजीकरण

  •  वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी सरोकारवालाहरुसँग छलफल, गोष्ठी, अन्तरक्रिया आयोजना गर्ने
  • वन्यजन्तु द्वन्द सम्बन्धी तथ्याँक संकलन तथा व्यवस्थापन गरी सम्बन्धित महाशाखामा पठाउने
  • वन्यजन्तु क्षतिको राहत कोष व्यवस्थापन
  • वन्यजन्तुको अबचचथष्लन अबउबअष्तथ को सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने गराउने र यसको कार्यन्वयनको लागि सहजीकरण गर्ने

४.प्राणी उद्यान तथा खुला चिडियाखाना सम्बन्धी

  •  संरक्षित क्षेत्र भन्दा वाहिर प्राणी उद्यान तथा खुला चिडियाखाना स्थापना सम्बन्धमा संभाव्यता अध्ययन गर्ने गराउने
  •   प्राणी उद्यान तथा खुला चिडियाखाना सम्बन्धी तथ्याँक अध्यावधिक गर्ने
  • संरक्षित क्षेत्रको कार्यसँग अन्तरसम्बन्ध कायम गर्ने
  • विकास साझेदारहरुसँग समन्वय गर्ने र सो को नियमित प्रतिवेदन महाशाखखा प्रमूख समक्ष पेश गर्ने
  • अनुगमन गरी महाशाखा प्रमूख समक्ष प्रतिवेदन पेश गर्ने

५.वन्यजन्तु उद्धार केन्द्र संचालन तथा आखेटोपहार ब्यवस्थापन 

  •  घाइते, टुहुरा, अपाङ्ग तथा वासस्थानबाट विचलित भएका वन्यजन्तुहरुको उद्धार गर्न उद्धार केन्द्र स्थापना तथा संचालनमा सहयोग गर्ने र सो सम्बन्धमा तथ्याँक अध्यावधिक गर्ने 
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग समन्वय गरी संरक्षणमा साझेदारी गर्ने
  •  आखेटोपहार व्यवस्थापनमा सहजीकरण गर्ने

६.राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी सम्झौता सम्बन्धी 

  •  वन्यजन्तु संरक्षण सम्बन्धी नेपाल पक्ष राष्ट्र भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी सम्झौताको प्रारम्भिक कार्य, कार्यान्वयन पक्ष, नियमित अनुगमन, प्रतिवेदन तयार गर्ने गराउन
  • दुर्लभ, लोपोन्मुख तथा प्रतिबन्धित प्रजाती सम्बन्धि प्रत्यायोजित अधिकार बमोजिम निर्णय दिने र राय ठहर साथ पेश गर्ने ।

७. वन्यजन्तु संरक्षणका लागि गैह्र कानूनी क्रियाकलापहरु रोकथाम तथा नियन्त्रण गर्ने

  • वन्यजन्तु चोरी शिकारी तथा गैह्र कानूनि संकलन तथा ओसार पसार नियन्त्रणका लागि सरोकारवालाहरुसंग सम्पर्क समन्वय तथा सहजीकरण गर्ने
  •  वन अपराध सम्बन्धी सूचना व्यवस्थापन प्रणाली अद्यावधिक गर्दै संलग्न कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने

८. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने