info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

शाखाको कार्यविवरणको आधारमा यस शाखामा एक जना कानून अधिकृतको आवश्यकता पर्नेछ ।

(क) शाखाको कार्य विवरण 

  • विभाग र अन्तर्गतका कार्यालयहरुलाई कानुनी राय परामर्श उपलब्ध गराउने
  • वन संग सम्बन्धित विद्यमान ऐन, नियमावलीमा कुनै संसोधन गर्नु पर्ने तथा न“या ऐन, नियमावली, निर्देशिका आदि बनाउनु पर्ने भएमा सो को मस्यौदा तर्जूमा गरी पेश गर्ने ।       
  • विभागको तर्पबाट सम्मानित सर्वोच्च अदालत वा अन्य न्यायिक निकाय समक्ष पेश गर्नु पर्ने पुनरावेदन, निवेदन, फिराद, प्रतिउत्तर, लिखित जवाफ, पूनरावलोकन आदि तयार गरी पठाउने ।
  • आवश्यकता अनुसार नेपाल सरकारको महान्यायाधिवक्ताको कार्यालयमा सम्पर्क वा समन्वय गर्ने ।
  • विभाग तथा अन्तर्गतका कार्यालयहरुको तर्पबाट कुनै पक्ष संग गर्नु पर्ने करार वा त्यस्तै प्रकृतिका अन्य लिखतहरु तयार गर्ने ।
  • वन संग सम्बन्धित कानुनमा भएका संसोधन वा नय“ा बन्ने कानुनहरु अन्तर्गतका कार्यालयमा उपलब्ध गराउने  सर्वोच्च अदालतबाट प्रतिपादित नजिर, राजपत्र आदिको संकलन गरी राख्ने ।
  • मातहतका कार्यालयबाट मासीक, चौमासिक रुपमा मुद्दाको मास्केवारी तथा वार्षिक प्रतिवेदन प्राप्त गरी सो को अभिलेख अद्यावधिक राख्ने ।
  • न्याय प्रशासन ऐन २०४८ अनुसार सम्बन्धित पुनरावेदन अदालतका न्यायधिसज्यूहरुबाट मातहतका कार्यालयमा दायर भएका र छिनीएका मुद्दाहरुको निरिक्षण गरी पठाउने निरिक्षण प्रतिवेदन अनुसार सम्बन्धित मातहतका कार्यालयहरुमा आवश्यक मार्गदर्शन गर्ने ।
  • प्रचलित ऐन, नियम, गठन आदेश, दिग्दर्शन आदिको संकलन गरी शाखामा राख्ने व्यवस्था मिलाउने ।
  • ऐन नियममा उल्लेखित कुनै प्रावाधानको व्याख्या सम्वन्धि राय माग भै आएमा आफ्नो राय सहित महानिर्देशक समक्ष पेश गर्ने ।
  • मातहतका कर्मचारीहरुको काममा मार्गदर्शक बनी नियमीत अनुगमन गर्ने र आवश्यकता अनुसार निर्देशन दिने र नियन्त्रण गर्ने ।
  • प्रत्यायोजित अधिकार बमोजिम मातहतका कर्मचारीहरुको कार्य सम्पादन मूल्या‚न गर्ने ।
  • शाखाको भौतिक साधनहरुको स्याहार, सम्भार तथा संरक्षणको व्यवस्था मिलाउने ।
  • स पदका पदाधिकारीलाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।