info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

शाखाको कार्यविवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।स्वा।, एक जना भू संरक्षण अधिकृत, एक जना कृ।इन्जि। गरी जम्मा ३ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । निजहरुको विस्तृत कार्यविवरण निम्नअनुसार रहेको छ ।

शाखाको कार्य विवरण

१.वनक्षेत्रसंग सम्बन्धित क्षेत्रगत नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी वन तथा वातावरण मन्त्रालयमा पेश गर्ने,

  •  वन क्षेत्रसंग सम्बन्धित क्षेत्रगत नीति, ऐन, नियम, निर्देशिकाहरु तयारी तथा संशोधनको मस्यौदा तयारी गर्ने
  •  वन क्षेत्रसंग सम्बन्धित आवधिक योजना, मध्यकालिन खर्च संरचना सम्बन्धी कार्य गर्ने
  • वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी बजेट सिलिङ, मार्गदर्शन तयारी तथा सम्बन्धित निकायहरुमा समन्वय र सहजीकरण
  • वार्षिक कार्यक्रम तर्जुमा गर्ने
  •  बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सम्वन्धित निकायहरुबाट राय, सुझाव प्राप्त गर्ने

२.स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्य गर्ने

  •   विभाग तथा मातहतका निकायका स्वीकृत वार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्ने
  •  स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधिहरु, नम्र्सहरुको तर्जुमा गर्ने

३.स्वीकृत वार्षिक कार्यक्रममा संशोधन सम्बन्धी कार्यको गर्ने,

  •  थप बजेट, स्वीकृत वार्षिक कार्यक्रमको लक्ष्य परिवर्तन लगायतका कार्यक्रम संशोधन सम्बन्धी कार्य गर्ने,
  • अनिवार्य दायित्व बाहेकका बजेटहरुको आर्थिक प्रशासन शाखासंगको समन्वयमा रकमान्तर प्रस्ताव गर्ने

४.दिगो विकासको लक्ष्य सम्बन्धी वन तथा भू संरक्षण विभागको सम्पर्क विन्दुको रुपमा कार्य गर्ने ।

  • वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका निकायहरुसंग समन्वय र सहकार्य गर्ने 
  •  दिगो विकासको लक्ष्य सम्बन्धी क्षेत्रगत प्रतिवेदनहरु तयार गर्ने

५.विकास सहायता आयोजनाहरुको समन्वय तथा कार्यान्वयन गर्ने

  •  बैदेशिक सहायतामा संचालन भएका कार्यक्रमहरुको कार्यान्वयन तथा सहजीकरण गर्ने
  • स्वदेशी लगानीमा सञ्चालित विभागसंग सम्बन्धित जस्तै राष्ट्रपति चुरे कार्यक्रमहरुको समन्वय र सहजीकरण गर्ने
  • विभागसंग सम्बन्धित नयाँ तथा चालु आयोजना परियोजनाको लागि प्रस्ताव तथा प्रतिवेदनहरु लेखनमा वन तथा वातावरण मन्त्रालयलाई सहयोग गर्ने

६.विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने ।