शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।स्वा., इन्जि.जियोलोजी अधिकृत १, बोटनी ईकोलोजी अधिकृत १, कृ.ईन्जि. अधिकृत १ र ईन्जि.केमेष्ट्री १ गरी जम्मा ५ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।
शाखाको कार्यविवरण
१. राष्ट्रिय स्तरमा भू स्खलन तथा जलाधार संरक्षण सम्बन्धि कार्यमूलक अनुसन्धान गर्ने
- अध्ययन स्थल छनोट
- प्लट स्थापनाको सूचक मापदण्ड तयारी
- सूचक र मापदण्डका स्थलगत सर्भे
- भू क्षय प्लट स्थापना
- माटो पानी परिक्षण, नमुना संकलन, परिक्षण, फिल्ड भ्रमण
- डाटा प्रविष्ट र विश्लेषण
२. भू तथा जलाधार संरक्षण सम्बन्धि प्रविधिहरुको स्थलगत प्रदर्शन
- प्रविधि पहिचान कार्ययोजना
- नियमित तथ्याङ्क÷सूचना अध्यावधिक कार्य
३. संघ, प्रदेश र स्थानीय तहमा उपयोगी हुने भू तथा जलाधार संरक्षण सम्बन्धि सूचना तथा प्रविधि विकास
- सूचना विश्लेषण र प्रचार प्रसार
- अन्तरक्रियात्मक कार्यक्रम (सञ्जाल निर्माण)
- प्रतिवेदन रिपोर्ट तयार
४. प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धि भू क्षमतामा आधारित ज्ञान, प्रविधि तथा अन्य वैज्ञानिक अध्ययन अनुसन्धान गरी प्रदेश तथा अन्तर प्रदेश स्तरमा प्रवर्धन एवं प्रचार प्रसार
- बाढी पहिरोको वैज्ञानिक अध्ययन अनुसन्धानस्थलगत सर्भे
- प्रतिवेदन तयारी, कार्यान्वयन योजना
- क्रियाकलापहरु कार्यान्वयन
५. प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धि प्रविधि, सूचना तथा अन्य जानकारीहरु प्रदेश सरकार, जलाधार संरक्षण केन्द्र र स्थानीय सरकारका निकायहरुलाई उपलब्ध गराई आवश्यक सहजीकरण, समन्वय
- अन्तरनिकायगत सहकार्य, समन्वय र अन्तरक्रिया
- सेमिनार, गोष्ठी, प्रचार प्रसारका क्रियाकलाप
६. बाढी, पहिरो जस्ता जलजन्य प्रकोपहरुको पूर्व सूचना प्रणालीको विकास तथा विस्तार
- पूर्व सूचनाको स्थल छनौट
- व्यवस्थापकीय योजना तयारी
- लागत अनुमान, खरिद योजना
- कार्यान्वयन चरण