info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

वन विउ प्रयोगशाला तथा भण्डारण केन्द्र ९बाँके, पोखरा, बिराटनगर० को कार्य विवरण


१ . देशका विभिन्न स्थानमा रहेका वन विउ वगैचाहरुको सरसफाई, व्यवस्थापन तथा संरक्षण गर्ने

  •  वन विउ वगैचाहरुको गोडमेल, तारवार, झाडी सफाई, आगलागि नियन्त्रण जस्ता सुरक्षात्मक क्रियाकलापहरु गर्ने
  • वन विउ वगैचाहरुको लागि आवश्यक पानीको स्रोत, भण्डारण क्षेत्र, माटो, वालुवा आदीको व्यवस्थापन गर्ने                                                                                         

२. वृक्ष सुधारका लागि आवश्यक ब्रिडिङ सिडलिंग अर्चाड स्थापना गर्नका साथै वीउ स्रोतहरु  पहिचान तथा वीउ संकलन,

  • माग भएका र संकटापन्न अवस्थामा रहेका प्रजातीहरु समेटिने गरी ब्रिडिङ सिडलिंग अर्चार्डहरुको स्थापना तथा व्यवस्थापन गर्ने गराउने
  • विभिन्न प्राजातीहरुको विउ रुखहरुको पहिचान तथा नक्सांङन गर्ने
  • वन विउ संकलनका लागि प्रजाति अनुसार उपयुक्त समयको तय गरी आवश्यक सामाग्रीहरुको समेत शुनिश्चित गर्ने
  • गुणस्तरीय वीउ संकलन, प्रशोधन, भण्डारण तथा सुरक्षा
  • आवश्यकता, माग, उपलब्धता तथा गुणस्तरीयता समेतका आधारमा अन्य वाह्य क्षेत्रबाट समेत विउको संकलन तथा भण्डारण
  • संकलित विउको प्याकेजिङ, मूल्य निर्धारण तथा वितरण                                                         

३ . प्रयोगशाला व्यवस्थापन तथा प्रमाणीकरणका कार्यहरु गर्ने जस्ता कार्यहरु संचालन गर्ने गराउने,

  • प्रयोगशालामा आवश्यक मेसीनरी औजार, समाग्री तथा रसायनहरुको व्यस्थापन गर्ने
  • प्रयोगशालाको एकृडेसनका कार्यहरु गर्ने
  • प्रयोगशाला परीक्षणका लागि नमूनाहरुको संकलन तथा प्रशोधन सम्बन्धी आवश्यक कार्यहरु गर्ने
  • संकलित विउहरुको भौतिक तथा रसायनिक लगायतका गुणस्तर परीक्षण गर्ने
  • विउहरुको गुणस्तरका आधारमा प्रमाणीकरण कार्यका लागि वन तथा भू संरक्षण विभागसंग समन्वय गर्ने

४.वृक्ष सुधारका नयाँ प्रविधिहरुको नमुनाका रुपमा प्रयोग गरी प्राप्त नतिजाका आधारमा सरोकारवालाहरुलाई हस्तान्तरण

  • नमुना परीक्षण मार्फत प्राप्त नतिजाहरुलाई उपयुक्त माध्यमबाट सरोकारवालाहरु समक्ष पुर्याउने

५ .वार्षिक कार्यक्रमको मस्यौदा तयार गरी वन तथा भू संरक्षण विभागमा पठाउने र स्वीकृत कार्यक्रमको कार्यान्वयन गर्ने

  • वन तथा भू संरक्षण विभागको मार्गदर्शन अनुसार वार्षिक कार्यक्रम तय गरी स्वीकृतिका लागि वन तथा भू संरक्षण विभागमा पेश गर्ने
  • स्वीकृत वार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तथा आवश्यकता अनुसार संशोधनका लागि पेश गर्ने
  • कर्मचारीको अनिवार्य दायित्व, प्रशासनिक खर्च तथा आर्थिक प्रशासन सम्बन्धी कार्यहरु गर्ने, गराउने

६ .अनुगमन, निरीक्षण, प्रतिवेदन तयारी, प्रचार प्रसार, तथ्याङ्क अध्यावधिक गर्ने,

  • आवश्यकता अनुसार फिल्ड अनुगमन गरी तथ्याङ्क प्राप्ती, भेरिफिकेशन गर्ने 
  • फिल्ड अनुगमन गरी सम्पन्न भएका कामहरुको पृष्टपोषण गर्ने र प्रतिवेदन दिने
  • तथ्याँकको उपयोग विभिन्न किसिमका अध्ययन अनुसन्धानका कार्य गर्ने गराउने
  • अध्ययन अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई प्रकाशन गर्ने र वेबसाइटमा अपलोड गर्ने 

७. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने ।