info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

वन तथा भू संरक्षण विभागको कार्य विवरण

  •  वन, वन्यजन्तु, जलाधार र वातावरण संरक्षण सम्बन्धी नीति, ऐन, नियम, निर्देशिका, मापदण्ड तयारी, संशोधन तथा परिमार्जन सम्बन्धी 
  •  राष्ट्रिय वनको रणनीतिक योजना सम्बन्धी 
  • · वन क्षेत्रको भू उपयोग परिवर्तन, वन क्षेत्रको भू स्वामित्व सम्बन्धी 
  •  वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन र वन अपराध नियन्त्रण सम्बन्धी
  • वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी 
  •  व्यवसायिक कवुलियती वन सम्बन्धी
  • संरक्षित क्षेत्र बाहिर वन्यजन्तु व्यवस्थापन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी
  • मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा समन्वय तथा सहजीकरण
  •  प्राणी उद्यान तथा खुला चिडियाखाना सम्बन्धी
  • वन्यजन्तु उद्धार केन्द्र संचालन तथा आखेटोपहार ब्यवस्थापन 
  •  वन, वन्यजन्तु तथा वातावरण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी सम्झौताहरु
  •  रणनीतिक वातावरणीय प्रभाव मूल्यांकन, वातावरण प्रभाव मूल्यांकन तथा प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धि
  •  वन पैदावार तथा आर्थिक कारोवार सम्बन्धी तथ्याँक अध्यावधिक गर्ने सम्बन्धी
  •  वन उद्यम, नर्सरी, विरुवा उत्पादन, वृक्षारोपण लगायत वन विकाससँग सम्बन्धित कृयाकलापहरुको तथ्याङ्क अध्यावधिक गर्ने
  •  वन तथा वन्यजन्तु अपराध सम्बन्धि तथ्याङ्क अध्यावधिक गर्ने सम्बन्धी
  •  एक भन्दा बढी प्रदेशमा फैलिएको, भौगोलिक तथा प्राकृतिक रुपमा जोडिएको, पारिस्थिकिय प्रणालीको दृष्टिकोणबाट अन्तर सम्बन्धित रहेको, चाक्लाको रुपमा रहेको, भू–परिधीयस्तरमा समेटिएको वनको संरक्षण व्यवस्थापन
  • वन संरक्षण क्षेत्रको कार्ययोजना कार्यान्वयनमा विभिन्न वन व्यवस्थापन पद्धतीका सरोकारवालाहरु संग समन्वय र सहजिकरण कार्य
  •  विभिन्न वन क्षेत्रहरुको भौगोलिक सूचना प्रणालीको विकास सम्बन्धी
  • वन व्यवस्थापन प्रणाली अनुसार क्रियाशिल वन उपभोक्ता समूहहरुको स्रोत नक्शांकन गर्ने सम्बन्धी 
  •  वन क्षेत्रको भू उपयोग नीति, वनको वर्गिकरण र व्यवस्थापन संवन्धि कार्य
  • विभिन्न अनुगमन निरिक्षण प्रतिवेदन सम्वन्धमा वन व्यवस्थापन सम्वन्धी विषयको विश्लेषण गरी सुधारको लागि आवश्यक पहलकदमीको सिफारिस गर्ने
  • वन व्यवस्थापन संवन्धि विद्यमान मोडलहरुको विश्लेषण गरी नीतिगत सुधारको लागि सिफारिस
  • नीजि वन तथा कृषि वनको विकास तथा विस्तार सम्बन्धी
  • वनको जग्गा अन्य प्रयोजनमा दिए वापत प्राप्त जग्गामा क्षतिपूर्ती वृक्षारोपण  गरी वनको विकास सम्बन्धी
  • सहरी वन विकास तथा अन्य निकायहरुबाट गरिने वृक्षारोपण सम्बन्धी
  • अध्ययन, अनुसन्धान, प्रविधि विकास तथा अनुगमन र मूल्याङ्कन सम्बन्धी
  •  वन उद्यमहरु स्थापना गर्ने सम्बन्धी नीतिगत कार्यहरु गर्ने र मापदण्डहरु तयार गर्ने, गराउने ,
  •  संभाव्य वन उद्यम तथा क्षेत्रहरुको खोज तथा सूची तयारी तथा वन पैदावारको सुनिश्चितत सम्वन्धी
  •  वन उद्यम प्रवद्धन तथा उत्पादित वस्तुहरुको वजारीकरण गर्दै निर्यात प्रवद्धन सम्बन्धी,
  •  वैज्ञानिक वन व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले वन सम्वर्धन सम्वन्धी उपयुक्त विधिको छनौट, प्रभावकारीता अध्ययन, अनुसन्धान, श्रोत सामाग्रीहरुको तयारी सम्बन्धी,
  •  संकटापन्न अवस्थामा रहेका प्रजातिहरु जस्तैः विजयसाल, सतिसाल, सिवकथ्रोन आदिको संरक्षण, अनुसन्धान तथा ब्यवस्थापन कार्य गर्ने गराउने,
  •  वन संबद्र्धन, नर्सरी व्यवस्थापन, वन वीउ र वृक्ष सुधार सम्वन्धमा नयाँ प्रविधि खोज, विकास र अध्यावधिक गरी हस्तान्तरण र विस्तार गर्ने गराउने
  •  प्रदेश मन्त्रालयहरुको समन्वयमा आर्थिक रुपले महत्वपूर्ण प्रजातिको वंशाणुगत गुणमा सुधार गरी उत्पादकत्व वृद्घि गर्ने, गराउने ।
  • विभिन्न प्रजातीको गुणस्तरिय वीउको प्रमाणीकरण, प्रयोगशाला परीक्षण तथा व्यवस्थापन सम्बन्धी,
  • कृषि वन प्रणालीमा आधारित वन व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन सम्बन्धी,
  • राष्ट्रिय वन वाहिरका क्षेत्रमा वन विकास गरी हरियाली कायम गर्ने सम्बन्धी,
  •  राष्ट्रिय स्तरमा रहेको वृहत् पहिरोहरुको सर्वेक्षण, जोखिम आँकलन संवेदनशीलता अध्ययन र अभिलेखीकरण सम्बन्धी,
  • विभिन्न भू परिधिस्तरमा पहिरोवाट हुन जाने असरहरु समेत समावेश गरी
  • आकस्मिक रुपमा पहिरोवाट हुने राष्ट्रियस्तरको क्षतिको लेखाजोखा 
  •  जलाधार क्षेत्रहरुको पहिचान, वर्गिकरण र प्राथमिकिकरण सम्बन्धी,
  •  अन्तरदेशिय, अन्तर प्रदेशिय फैलिएका नदीप्रणालीहरुको उपल्लो र तल्लो तटिय अन्तरसम्बन्ध कायम गर्दै एकीकृत जलाधार व्यवस्थापन सम्बन्धी
  • बृहत जलाधार व्यवस्थापन केन्द्रहरुको कार्यको समन्वयन गर्ने
  • जलाधार स्रोत सम्बन्धी भूू जैविक तथा सामाजिक आर्थिक तथ्याङ्कहरु अध्यावधिक राखी सुचना प्रणलीको व्यवस्थापन
  • भू उपयोग विकाससँग सम्बन्धित संरक्षण र विकासका नमूना कार्यक्रमहरु संचालन गर्ने गराउने ।
  • विपद सम्बन्धी तथ्याङ्क तथा सूचना संकलन विश्लेषण अध्ययन अनुसन्धान तथा न्यूनीकरण सम्बन्धी
  • क्षतिग्रस्त भूमी, नदी उकास  जग्गा जस्ता क्षेत्रहरुको नक्साङ्कन गरी व्यवस्थापकीय कार्य योजना सम्बन्धी
  • भू तथा जलाधार संरक्षण सम्बन्ध प्रविधिहरुको स्थलगत प्रदर्शन
  • जलाधार तथा पहिरो व्यवस्थापन सम्बन्धी ज्ञान, प्रविधि तथा अन्य वैज्ञानिक अध्ययन अनुसन्धान तथा प्रचार प्रसार सम्बन्धी,
  • बाढी, पहिरो जस्ता जलजन्य प्रकोपहरुको पूर्व सूचना प्रणालीको विकास तथा विस्तार
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान भएका सिमसार तथा तालतलैयाहरुको सर्वेक्षण तथा अभिलेखिकरण
  • सिमसार क्षेत्रको दिगो व्यवस्थापनको लागि एकीकृत जलाधार व्यवस्थापन कार्य गर्ने
  • सामान्य प्रशासन सम्वन्धी,
  • आर्थिक प्रशासन सम्वन्धी
  • ऐन नियम परामर्श सम्वन्धी,
  • अनुगमन, निरीक्षण, अध्ययन तथा अनुसन्धान सम्बन्धी
  • मन्त्रालयले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने ।