info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

 शाखाको कार्य विवरण

शाखाको कार्य विवरणको आधारमा यस शाखामा १ जना प्रमुख सेनानी, १ जना उप सेनानी, १ जना सुवेदार, २ जना जमदार र ४ जना सिपाही गरी जम्मा ९ जना कर्मचारीको प्रस्ताव गरिएको छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

  •  वन क्षेत्रको संरक्षण र सम्बर्धन गर्ने, वन तथा वन्यजन्तु अपराध नियन्त्रण गर्ने, अखेटोपाहरको संरक्षण गर्ने गराउने
  • वन क्षेत्रको सुरक्षाका लागि महानिर्देशक संग समन्वय राखी शसस्त्र वन सुरक्षा योजना तथा कार्यक्रम तर्जुमा गरी पेश गर्ने र स्वीकृत वमोजिम कार्यान्वयन गर्ने ।
  • फिल्डमा वन सुरक्षाको लागि शसस्त्र सुरक्षा गार्डहरुको व्यवस्था, नेतृत्व र पथ प्रदर्शन, अध्यावधिक अभिलेख, तालिम गरी आवश्यक निर्देशन तथा नियन्त्रण गर्ने ।
  • वन सुरक्षाका लागि आवश्यक निर्देशन तयार गरी गराई सुरक्षा गार्डहरुलाई कर्तव्य प्रति सजग र सर्तक राख्ने ।
  • शसस्त्र हात हतियारहरुको समय समयमा निरिक्षण गरी प्रतिवेदन महानिर्देशकमा पेश गर्ने ।
  • शाखाको तोकिएको भौतिक साधनहरुको स्याहार संभार मर्मत तथा संरक्षण गर्ने ।
  • अधिनस्थ कार्यको कार्य प्रगति प्रतिवेदन तयार गरी सुपरिवेक्षकमा पेश गर्ने । अधिनस्थ कर्मचारीहरुको काममा मार्गदर्शक वनी कर्मचारीहरुलाई सुपरिवेक्षण र आवश्यकतानुसार निर्देशन र नियन्त्रण समेत गर्ने ।
  • अधिनस्थ कर्मचारीहरुको विदा सिफारिश गर्ने ।
  • हानिर्देशकले तोकेको अन्य कार्य गर्ने गराउने ।