info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

||
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

निजि तथा सार्वजनिक वन शाखा


शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।, र एक जना सहायक वन अधिकृत गरी जम्मा दुर्इ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

शाखाको कार्य विवरण 

१. निजी तथा सार्वजनिक जग्गामा वन विकास सम्बन्धी नीतिगत व्यवस्था मिलाउने

  • नीजि तथा सार्वजनिक जग्गामा दिगो व्यवस्थापनको सिद्धान्त बमोजिम व्यवस्थापन गर्न आवश्यक मापदण्ड तयारी गर्ने,
  • सार्वजनिक जग्गामा समुह परिचालन तथा कोष परिचालन सम्बन्धी मापदण्ड तयारी गरी एकरुपता तथा पादरर्शि कायम गर्ने,
  • नीजि तथा कृषि वन प्रवर्धन सम्वन्धि नीतिगत तथा प्रविधि हस्तान्तरणमा  कषि वन समूहहरुको संस्थागत दिगोपना, सहभागितामूलक निर्णय प्रक्रियालाई सुनिश्चिता गर्ने

२. निजी वन तथा कृषि वनको विकास तथा विस्तार सम्बन्धी

  •  नीजि वन तथा कृषि वनको विकास तथा विस्तारका लागि प्रचार प्रसार तथा प्रोत्साहनका कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने
  • निजी तथा कृषि वनको विकासबाट काष्ठ तथा गैरकाष्ठ वन पैदावारको उत्पादनमा वृद्धि गर्ने गराउने
  • गरीब तथा विपन्न वर्गको समूहहरु मार्फत सार्वजनिक जग्गामा कृषिवन विकास गरी फाइदाको न्यायोचित वाँडफाँडबाट जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रम संचालन गर्न स्थानिय तहहरुसँग सहजीकरण गर्ने गराउने
  • उच्च मूल्यका पैदावारहरु (जस्तैः अगारउड, चन्दन, केसर, आदि) उत्पादन हुने किसिमका कृषि वन प्रणालीलाई वढावा दिन शयलभ तथा कगउभच(शयलभ जस्ता विशेष कार्यक्रम संचालन गर्ने गराउने

३. कृषि वन प्रणालीमा आधारित वनहरुको संरक्षण तथा सदुपयोग गर्दै समानुपातिक लाभ वितरणका लागि आवश्यक व्यवस्था मिलाउने,

  •   कृषि वन प्रणालीमा आधारित वनहरुको संरक्षण तथा सदुपयोग गर्ने, गराउने कार्यमा सहजीकरण गर्ने
  •  कृषि वन प्रणालीमा आधारित वनहरुको तथ्याङ्क अद्यावधिक गर्नका साथै वार्षिक स्वीकृत कार्यक्रमहरु कार्यान्वयनमा सहजीकरण गर्ने,
  • जग्गाको अवस्थिति, उपभोक्ताहरुको बसोवासको भौगोलिक अवस्था, वनस्रोतको अवस्था एवं क्षेत्रफलका आधारमा सार्वजनिक जग्गामा वन व्यवस्थापन गर्ने गराउने कार्यमा स्थानीय तहलाइ सहजीकरण गर्ने
  • विपन्नमूखी कबुलियती वन, धार्मिक वन हैसियत विग्रेका वनहरुको हैसियत सुधारका कृयाकलापहरु संचालन तथा सहजीकरण गर्ने, 

४. कृषिवन प्रणालीमा आधारित वन व्यवस्थापन प्रणालीलाई प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालहरुसंग समन्वय तथा क्षमता अभिवृद्र्धका क्रियाकलापहरु संचालनमा गर्ने

  •   वन श्रमिक, वन हेरालु, सार्वजनिक जग्गामा भएका वनहरुको संरक्षण, व्यवस्थापनमा आवश्यक दक्ष जनशक्तिको आवश्यक व्यवस्था मिलाउने,
  •  सामाजिक तथा नीजि वन व्यवस्थापन सम्बन्धी राष्ट्रिय÷अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना, समन्वय तथा सहभागिता सम्बन्धी कार्यहरु गर्ने,

५. राष्ट्रिय वन वाहिरका क्षेत्रमा वन विकास गरी हरियाली कायम गर्नका साथै राष्ट्रिय वन माथिको निरर्भरतालाई घटाउने

  •  शहरी वन, निजी वन, तथा कृषि वन विकास विस्तार तथा सदुपयोग सम्बन्धी कार्यहरु गर्ने गराउने साथै यस सम्बन्धमा आवश्यक समन्वय, सहजीकरण तथा नीतिगत व्यवस्था मिलाउने,
  • खाली पर्ती तथा सार्वजनिक क्षेत्रमा सरोकारवालाहरुको सहभागिता तथा समन्वयमा उपयुक्त प्रजातीको छनौट गरी वन विकास, सदुपयोग तथा विस्तार गर्ने,

६. यस शाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने । 

Image

महानिर्देशक

शिव कुमार वाग्ले

js.dg@dofsc.gov.np

015327574

Image

उप महानिर्देशक

गणेश पौडेल

js.watershed@dofsc.gov.np

Image

उप महानिर्देशक

रविन्द्र महर्जन

js.mgmt@dofsc.gov.np

9851203626

Image

उप महानिर्देशक

दिपक ज्ञवाली

js.fwpd@dofsc.gov.np

9851147255