info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।, र एक जना सहायक वन अधिकृत गरी जम्मा दुर्इ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

शाखाको कार्य विवरण 

१. समुदायमा आधारित वनका वहु आयमिक पक्षहरुको सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने

  •   समुदायमा आधारित वन व्यवस्थापन प्रणालीको समाजिक, आर्थिक तथा वातावरणीय पक्षहरुको अध्ययन अनुसन्धान गरी प्राप्त नतिजा कार्यान्वयनका लागि सम्वन्धित निकायमा सिफारिस गर्ने सामुदायमा आधारित वन व्यवस्थापका विविध पक्षहरुको mभतब बलबथिकष्क गरी आवश्यकता अनुसार तथ्याङहरुको संकलन, भण्डारण तथा प्रशोधन गर्ने
  •  देशका विभिन्न स्थानमा विभिन्न नमूना क्षेत्रहरुको स्थापना तथा व्यवस्थापन गर्ने, गराउने
  • सामुदायिक वनसंग सम्बन्धित सूचना संकलनका लागि जनशक्ति परिचालन गर्ने
  • अध्ययन अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा नीतिगत व्यवस्थाका लागि वन तथा वातावरण मन्त्रालयलाई सुझाउने ।
  • अन्तर प्रादेशिक क्षेत्रमा फैलिएको वन र वन संरक्षण क्षेत्रको प्रभावकारीताको अध्ययन अनुसन्धान गरी रणनीतिक सुझावहरु पेश गर्ने
  • स्थलगत रुपमा कार्ययोजना कार्यान्वयनको अवस्थाको अनुगमन र सहजिकरण गरि प्रतिवेदन पेश गर्ने

२. अन्तराष्ट्रिय अनुसन्धान निकायहरुसंग तथा प्राज्ञिक निकायहरुसंग समन्वयका साथै विभिन्न छोटा अवधिका कोर्ष (क्जयचत त्भचm ऋयगचकभ) हरु संचालन गर्ने

  • नेपालमा सामुदायिक वन, साझेदारी वन, कवुलियती वन तथा अन्य समुदायमा आधारित वनसंग सम्बन्धित अध्ययन अनुसन्धान गर्ने अन्तराष्ट्रिय अनुसन्धान निकायहरुको सम्पर्क विन्दुको रुपमा कार्य गर्ने ।
  • अध्ययन अनुसन्धान कार्यका लागि प्राज्ञिक निकायहरुसंग सहकार्य र समन्वय गर्ने
  • सामुदायिक वन, साझेदारी वन, कवुलियती वन तथा अन्य समुदायमा आधारित वनसंग सम्बन्धित उच्च शिक्षा हासिल गर्ने विद्याथीहरुको शोधपत्र तयारी, विषय छनौट, इन्टनसीप तथा अनुसन्धानमा आवश्यकता अनुसार सहजीकरण तथा प्राविधिक र कानूनी ज्ञान प्रदान गर्ने
  •  सामुदायिक वन, साझेदारी वन, कवुलियती वन तथा अन्य समुदायमा आधारित वन का विविध पक्षहरुसंग सम्बन्धित छोटा अवधिका कोर्ष तथा तालिमहरु संचालन गर्ने ।

३. समुदायमा आधारित वन व्यवस्थापन प्रणालीको बारेमा सूचना समाग्री निर्माण तथा वितरण गर्ने

  • सामुदायिक वन, साझेदारी वन, कवुलियती वन तथा अन्य समुदायमा आधारित वनका अवस्था, सुशासन, आर्थिक पद्धति, नीतिगत समानज्स्यता जस्ता विषयको राष्ट्रिय सूचना प्रणालीको विकास तथा अद्यावधिक गर्ने
  • सूचना केन्द्रको स्थापना, व्यवस्थापन तथा सञ्चालन गर्ने
  • विभिन्न श्रव्य दृष्य समाग्रीहरुको निर्माण तथा संचार
  • सूचना समाग्रीहरुको संकलनका साथै प्रचार प्रसार समाग्रीहरुको निर्माण तथा वितरण

४. समुदायमा आधारित वन व्यवस्थापनमा सरोकारवालाहरुको क्षमता अभिवृद्धका क्रियाकलापहरु सञ्चालन गर्ने

  •  विभिन्न गोष्ठी, तालिम तथा अत्रक्रियामा सहभागिता जनाउने तथा संचालन समेत गर्ने
  • सामुदायिक वन सम्बन्धी अवलोकन भ्रमणमा रहेका निकायहरुलाई सहजीकरण गर्ने          

५. वन संरक्षण क्षेत्रको रणनीति, निर्देशिका, मापदण्ड, कार्ययोजना तयारी र क्षेत्र घोषणा सम्बन्धी कार्य 

  • नियमावली, निर्देशिका, मापदण्ड तयारीका लागी विभिन्न तह र चरणमा सरोकारवालासँग छलफलको आयोजना  गर्ने र सुझावहरु प्राप्त गरि मस्यौदा तयार गर्ने
  • मौजुदा कार्ययोजनाहरु परिमार्जनका लागी डि.व.का.लाई निर्देशन दिने
  • प्राप्त कार्ययोजनाहरुको अध्ययन गरि स्विकृतका लागी उप महानिर्देशक समक्ष राय टिप्पणी पेश गर्ने
  • नया वन संरक्षण क्षेत्रहरुको कार्ययोजना तयारी र क्षेत्र घोषणा सम्वन्धी कार्य गर्ने

६.  वन संरक्षण क्षेत्रको कार्ययोजना कार्यान्वयनमा विभिन्न वन व्यवस्थापन पद्धतीका सरोकारवालाहरु संग समन्वय र सहजिकरण कार्य

  • मौजुदा संरक्षित वनहरुलाई वन संरक्षण क्षेत्रको रुपमा रुपान्तरण गर्न समन्वय गर्ने
  • मौजुदा र नया वन्ने वन संरक्षण क्षेत्रमा पर्ने सामुदायिक वन लगाएतका समुदायमा आधारित वन  व्यवस्थापन पद्दतीका सरोकारवालाहरु संग सम्भाव्य विवाद समाधान र प्रभावकारी व्यवस्थापनका लागी समन्वय, सहकार्य र सहजिकरण गर्ने

७. वन उद्यमहरु स्थापना गर्ने सम्बन्धी नीतिगत कार्यहरु गर्ने र मापदण्डहरु तयार गर्ने

  •  वन उद्यम स्थापनाका लागि आवश्यक मापदण्ड तर्जुमा तथा संशोधनका कार्य गर्ने,
  •  वन उद्यमहरु मार्फत रोजगारी सिर्जना गर्ने र निकासी तथा पैठारीलाई प्रोत्साहन गर्न मापदण्ड तयार पार्ने,
  • वन उद्यमसंग सम्बन्धित सरोकारवालाहरुको क्षमता विकास सम्बन्धी राष्ट्रिय मार्गदर्शन निर्माण, समन्वय तथा सहजीकरण गर्ने,

८. वन उद्यमका लागि आवश्यक वन पैदावारको सुनिश्चितता गर्ने

  • वन उद्यम स्थापना तथा सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन, प्रवद्र्धन र बजारीकरण सम्बन्धी कार्य गर्ने गराउने,
  • वनजन्य उद्योग र कच्चा पदार्थहरुको प्रबन्ध सम्बन्धमा अन्तर विभागीय समन्वय र सम्पर्क सम्बन्धी कार्य गर्ने,
  • उच्च मूल्यका वनजन्य कच्चा पदार्थको स्रोत सर्वेक्षण तथा उपलब्धताका वारे सर्वेक्षण तथा नक्साङ्कन गर्ने ।

९. संभाव्य वन उद्यम तथा क्षेत्रहरुको खोज तथा सूची तयार गरी नक्सांकन गर्ने,

  • स्थानीय तह, प्रदेश र संघीय स्तरमा स्थापना गर्न सकिने संभाव्य वन उद्यमहरुको सूची तयार गरी नक्सांकन गर्ने,
  • वन उद्यम क्षेत्रको पहिचान तथा स्थापना गर्ने, गराउने
  • वहुआयमिक वन क्षेत्रको पहिचान गर्ने, गराउने ।

१०. वन उद्यमबाट उत्पादित वस्तुहरुको वजारीकरण गर्दै निर्यात प्रवद्धनमा टेवा पुर्याउने,

  •  समुदायमा आधारित वन उद्यम स्थापनाका लागि पूजी, प्रविधि तथा जनशत्ति विकासका लागि आवश्यक व्यवस्था मिलाउने,
  • जडिवुटी तथा गैह्रकाष्ठ वन पैदावारहरुको दिगो संकलन, निकासी तथा विक्रिवितरणमा आवश्यक सहजीकरण गर्ने ।

११. वन उद्यम प्रवद्धनका लागि सरोकारवालाहरुको समन्वयमा कार्यक्रम संचालन गर्ने

  •  वन उद्यम सम्बन्धी वार्षिक कार्यक्रम तर्जुमा लागि योजना शाखालाई सहयोग गर्ने तथा स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने
  • वनमा आधारित उद्यमहरुको खपत स्थिति, उत्पादित पदार्थ, संचालनको अवस्था लगायत सम्पूर्ण तथ्याङ्कहरु अद्यावधिक गर्ने ।