info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

वन तथा वन्यजन्तु संरक्षण महाशाखा

·       सशस्त्र वन रक्षक सम्बन्धी,

·       वन क्षेत्रको भू-उपयोग परिवर्तन, वन क्षेत्रको भू-स्वामित्व सम्बन्धी,

·       वन तथा वन्यजन्तु अपराध नियन्त्रण र न्यायिक निरुपण सम्बन्धी,

·       मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, राहत तथा उद्धार केन्द्र स्थापना र संचालन सम्बन्धी,

·       वन्यजन्तु पालन, प्रजनन, तथा जलचर संरक्षण सम्वन्धि नीति, कानून, मापदण्ड तथा समन्वय र प्रजाति संरक्षण विशेष कार्यक्रम,

·       राष्ट्रिय वनको संरक्षणको लागि आवश्यक नीति, नियम तथा कार्यक्रम तर्जुमा,

·       वन अतिक्रमण तथा वन पैदावारको हानी नोक्सानी रोकथाम,

·       वन डढेलो, मिचाहा प्रजाति लगायत विभिन्न जैविक तथा अजैविक तत्वहरुबाट वनको संरक्षण,

·       वनमा लाग्ने रोग तथा किराहरुको नियन्त्रण,

·       साइटिस सम्वन्धी,

·       वन सम्वन्धी प्रविधि विकास तथा प्रमाणीकरण सम्बन्धी,

·       जैविक विविधताको संरक्षणको आवश्यक नीति, निर्माण तथा कार्यक्रम तर्जुमा, समन्वय गर्ने,

·       दुर्लभ, लोपोन्मुख तथा प्रतिबन्धित प्रजाति संरक्षण सम्बन्धी,

·       वन संरक्षण सम्वन्धमा परेका विभिन्न उजुरी निवेदन उपर आवश्यक कारवाही गर्ने,

१.  वन संरक्षण शाखा

·       वन नोक्सानी गर्ने जैविक तथा अजैविक तत्वहरु निवारणका लागि नीति, ऐन कानून निर्माण,

·       वन अतिक्रमण, चोरी कटानी नियन्त्रण तथा कानूनी कारवाही,

·       अवैध वन पैदावार निकासी, ओसारपसार नियमन,

·       वन संरक्षणमा क्रियाशिल विभिन्न सुरक्षा निकाय तथा सरोकारवालाहरु संग समन्वय,

·       वन डढेलो नियन्त्रण तथा रोकथाम,

·       राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको लागि वन क्षेत्रको जग्गाको भोगाधिकार उपलब्ध गराउने,

·       व्यापारिक प्रयोजनको लागि कबुलियती वन उपलब्ध गराउने,

·       वन ऐन, नियम तथा प्रचलित कानूनको कार्यान्वयनमा सहयोग, सहजीकरण,

·       शसस्त्र वन रक्षक परिचालन सम्बन्धी,

.  वन्यजन्तु संरक्षण शाखा

·       संरक्षण क्षेत्र बाहिर वन्यजन्तु अपराध निवारणका लागि नीति, ऐन कानून निर्माण,

·       चोरी शिकारी तथा वन्यजन्तुको अवैध कारोवार नियन्त्रण तथा कानूनी कारवाही,

·       मानव वन्यजन्तु द्वन्द न्यूनीकरण र राहत वितरण सहजिकरण,

·       वन्यजन्तु संरक्षणमा क्रियाशिल विभिन्न सुरक्षा निकाय तथा सरोकारवालाहरु संग समन्वय,

·       वन्यजन्तु संरक्षणका लागि शसस्त्र वन रक्षक परिचालन,

·       वन ऐन, नियम तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी प्रचलित कानूनको कार्यान्वयनमा सहयोग, सहजीकरण,

·       योजनाहरुको प्राथमिकता निर्धारण र योजना निर्माण,

·       विभिन्न आयोजनाहरुसँग समन्वय र विभाग तथा आयोजनाहरुबाट संञ्चालित कार्यक्रमको तर्जुमा, अनुगमन, मूल्याङ्कन एवं नियमन ।

१.३  साइटिस शाखा

·       साइटिस सम्वन्धी काम गर्ने वैज्ञानिक निकायहरुसंग समन्वय गर्ने,

·       साइटिसमा वनस्पति तर्फ व्यवस्थापन निकायको रुपमा कार्यान्वयन गर्ने,

·       साइटिसको अनुसूचिमा परेका वनस्पति र वनस्पतिजन्य उत्पादनको ओसारपसार तथा व्यापार नियमन,

·       साइटिस सम्बन्धी राष्ट्रिय रिपोर्ट बनाउन मन्त्रालयलाई सहयोग गर्ने,

·       साइटिसको सूचिमा परेका वनस्पतिहरुको अध्ययन, अनुसन्धान तथा तथ्याङ्क अध्यावधिक गर्ने,

·       वातावरण संरक्षण संवन्धी प्रचार प्रसार तथा वातावरणीय सन्तुलन राख्न विभिन्न कार्यक्रमहरु निर्माणमा सहयोग ।

·       प्रचलित वातावरण संरक्षण ऐनतथा वातावरण संरक्षण नियमावलीअनुसार प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनको लागि आवश्यक कारवाही गर्ने ।

१.४  प्रमाणीकरण शाखा

·       वन विज्ञानका विषयमा विभिन्न प्रविधिहरुको विकास तथा कार्यान्वयन,

·       वन विज्ञानका प्राविधिक विषयमा आइपरेका अन्यौलका विषयमा अध्ययन, अनुसन्धान गरी प्रमाणीकरण गर्ने,

·       वन विज्ञान विषयमा अध्ययन, अनुसन्धान गर्ने विभिन्न विश्वविधालय, अनुसन्धान केन्द्रहरु संग समन्वय गर्ने ।

१.५   शसस्त्र वन सुरक्षा शाखा

·       वन अतिक्रमण, वन्यजन्तु संरक्षण तथा वन अपराध नियन्त्रण तथा रोकथाम,

·       हातहतियारको नियमित मर्मत संभार तथा संरक्षण,

·       कार्यालय, कार्यालय सामाग्री तथा बरामद भएका मालवस्तु, जिन्सीको संरक्षण

 

१.५.१. शसस्त्र वन रक्षक क्याम्प ब्यारेकहरु

·       प्रदेश भित्र रहेको वन अतिक्रमण, वन्यजन्तु संरक्षण तथा वन अपराध नियन्त्रण तथा रोकथाम,

·       हातहतियारको नियमित मर्मत संभार तथा संरक्षण,

·       माथिल्ला निकायको आदेश बमोजिम अन्य प्रदेशमा समेत परिचालन भई वन अपराध नियन्त्रण,

·       कार्यालय, कार्यालय सामाग्री तथा बरामद भएका मालवस्तु, जिन्सीको संरक्षण

१.५.२. सशस्त्र वन रक्षक तालिम केन्द्र

·       सशस्त्र वन रक्षकहरुलाई सेवा प्रवेश तथा रिफ्रेशर तालिमहरु संचालन गर्ने,

·       सशस्त्र वन रक्षकहरुको तन्दुरुस्ती र कर्तव्य परायणता अभिवृद्धि सम्बन्धी तालिम संचालन,

·       आखेटोपहारहरुको संरक्षण,

·       वन अतिक्रमण, वन्यजन्तु संरक्षण तथा वन अपराध नियन्त्रण तथा रोकथाम,

·       हातहतियारको नियमित मर्मत संभार तथा संरक्षण ।