info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

वन तथा भू संरक्षण विभागको समग्र व्यवस्थापनको मुख्य दायित्व कर्मचारी प्रशासन शाखा रहनेछ । यस शाखाको उद्देश्य वन भू संरक्षण विभाग तथा अन्तर्गतका कार्यालयहरुको कर्मचारीको पदपूर्ति, सरुवा, दरवन्दी श्रृजना, अभिलेख तयारी लगायत कर्मचारीको सेवा सुविधा सम्वन्धी दैनिक प्रशासन तथा कार्यालयका भौतिक सम्पत्ती समेतको उचित संरक्षणको व्यवस्था मिलाउने रहनेछ । यस शाखाले आवश्यकता अनुसारको वेभसाइट, बनाउने, तथ्याँक डाटावेस तयारी गर्ने, विभिन्न कम्पयुटर हार्डवेयर र सफटवेयरको विकास, मर्मत, सम्भार तथा रहेका  कम्पयुटर टाइपिङ लगायतका सम्पूर्ण कार्य गर्ने छ

(१) प्रशासनिक कार्य

  •  दर्ता चलानी,
  •  हाजिरी, बिदा,
  • मनोनयन,
  • निजी सचिवालय,(महानिर्देशक, उपमहानिर्देशक)
  • कर्मचारीहरुको हाजिरी, गयल र बिदा रेकर्डको अभिलेख अद्यावधिक
  • जिन्सी सामाग्रीहरुको अद्यावधिक लगत तयार राख्ने, राख्न लगाउने,
  • जनशक्ति व्यवस्थापनः– शिफारिश बमोजिम नियुुक्ति, पदस्थापन, सरुवा, बढुुवा,
  • निमित्त, कायम मुकायम, काज सम्बन्धमा कारवाही,
  • दरबन्दिको पुुनरावलोकनमा सहजीकरण (सिर्जना र खारेजी),
  • पद दर्ता  नेपाल सरकारको निर्णय बमोजिम स्वीकृत दरबन्दीहरु निजामती किताबखानामा दर्ता गराउने,
  • नयाँ पदहरुको पद बिवरणहरु तयार,
  • रिक्त पद पूर्तिको लागि माग,
  • दरबन्दी अभिलेख अद्यावधिक,
  • कर्मचारीहरुको प्रोत्साहित पुरस्कार, 
  • अवकाश  अनिवार्य अवकाश, राजिनामा,
  • उपदान, निबृत्तभरण,
  •  कार्य सम्पादन मूूल्याङ्कन,
  • कर्मचारीहरुको व्यक्तिगत विवरण व्यवस्थापन,
  • सेवा, समूह, उप समूह परिवर्तन सम्बन्धि कारवाही सिद्धान्त बमोजिम भएमा सम्बन्धित निकायमा पठाउन राय ठहरसाथ महा–निर्देशकमा पेश गर्ने
  • कर्मचारीहरुको विस्तृत नोकरी बिवरण, सम्पत्ति बिवरण तथा अन्य अभिलेखहरु अद्यावधिक,
  • बिभागीय कारवाही सम्बन्धि शुरु कारवाही गर्ने र निर्णयानुसार कारवाही गर्ने वा सम्बन्धित निकायमा लेखी पठाउने,
  • अधिनस्थ कार्यको कार्य प्रगति प्रतिवेदन तयार,
  • अधिनस्थ कर्मचारीहरुको काममा मार्ग दर्शन, कर्मचारीहरुको सुपरीवेक्षण र आवश्यकतानुसार निर्देशन र नियन्त्रण,
  • पुुस्तकालय व्यवस्थापन ।

(२) सुुशासन प्रबद्र्धन

  •  इन्टरनेट लगायत प्रविधिको नियमित सेवा सञ्चालन,
  •  कर्मचारीहरुलाई काममा प्रोत्साहन,
  • कार्यालयको कागजपत्रको सुरक्षा, र आगन्तुक, सेवाग्राहीहरुको सहज व्यवस्थापन,
  • जनसम्पर्क, सोधपुछको समुचित व्यवस्था ।

(३) सार्वजनिक खरिद व्यवस्थापन

  •  सार्वजनिक खरिद
  •  सवारी साधनको व्यवस्थापन, मर्मत,
  • भवन, मेशिनरी औजार, कार्यालय सामानहरुको मर्मत संभार,
  • आपूूर्ति व्यवस्था ।

(४) कार्यालय परिसर व्यवस्थापन

  • खानेपानी लगायत सरसफाई,
  •  विभागको प्राङ्गण व्यवस्थापन
  • कर्मचारीहरुका लागि कार्यकक्ष व्यवस्थापन,
  • परिसरमा सवारी साधन व्यवस्थापन,
  • बगैंचा व्यवस्थापन,

(५) नीति,  नियम, निर्माणमा सहयोगीको भूूमिका

  •  नीति, ऐन नियम, निर्देशिका, कार्यविधि, मापदण्डको तयारी, संशोधन तथा परिमार्जनमा सहयोगीको भूूमिका

(६) अन्तर निकाय तथा अन्तर शाखा समन्वय

  • पद दर्ता  नेपाल सरकारको निर्णय बमोजिम स्वीकृत दरबन्दीहरु निजामती किताबखानामा दर्ता गराउने,
  • उत्सव, चाडपर्व, दिवसहरुको व्यवस्थापन र सञ्चालन,
  • निर्देशन तथा कर्मचारी बैठकमा भएका निर्णयहरुको कार्यान्वयन र अवस्थाको अनुुगमन
  • आवश्यक विषयमामा बिभाग अन्तरगतका महाशाखा, शाखा र निकायहरुमा परिपत्र गर्ने
  • निर्देशन, माग भइआएको सम्बन्धित विषयमा राय परामर्श दिने,

(७) शाखा नतोकिएका तथा दैनिक भैपरि आउने आकस्मिक कार्यहरु तथा प्राप्त निर्देशनहरु

  • दैनिक भैपरि आउने आकस्मिक कार्यहरु गर्ने गराउने,
  • यस पदलाई निर्दिष्ट भइ आउने थप सबै कार्यहरु गर्ने,
  • विभागीय प्रमुखको आदेशानुसार अन्य कार्यहरु गर्ने