सिमसार संरक्षण शाखाको कार्य बिबरण

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उप सचिव प्रा. स्वा., एक जना भू संरक्षण अधिकृत १, कृ. इन्जि. १, गरी जम्मा ३ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

शाखाको कार्य विवरण

१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान भएका सिमसार तथा तालतलैयाहरुको सर्वेक्षण तथा अभिलेखिकरण

  • नक्साङ्कन तथा फिल्ड भ्रमण
  • तालतलैया सर्वेक्षण
  • सूचना फाराम तयारी
  • तथ्याङ्क संकलन, प्रविष्ठ र अध्यावधिक
  • थिग्रिकरण सर्भे
  • व्यवस्थापकीय कार्ययोजना तर्जुमा र कार्यान्वयन
  • कार्ययोजना अन्तरक्रिया

२. जलाधार स्तरमा हुने थिग्रिकरण सर्वेक्षण तथा यसको व्यवस्थापनको लागि आवश्यक योजना, नीति, कार्यक्रम तथा नियमन

  • नीतिको मस्यौदा तर्जुमा
  • अन्तरक्रियात्मक छलफल
  • नीतिगत अन्तरक्रिया र समन्वय

३. सिमसार क्षेत्रको दिगो व्यवस्थापनको लागि एकीकृत जलाधार व्यवस्थापन कार्य गर्ने

  • जलाधार क्षेत्रमा सरोकारवालाहरु सहितको एकीकृत कार्ययोजना तयारी र कार्यान्वयन
  • सरोकारवालाहरु सँग समन्वय र सहकार्यको व्यवस्थापन कार्य (सञ्जाल निर्माण)

४. तालतलैयाहरुको पुनर्जलभरण सम्बन्धि आवश्यक प्रविधिमूलक कार्यहरु गर्ने

  • स्थलगत सर्भे र बस्तुस्थितिको विश्लेषण
  • डिजाईन तथा लागत अनुमान
  • कार्यान्वयन चरण समुदाय परिचालन, निर्देशिका तयारी
  • अनुगमन तथा मूल्याङ्कन

५. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने (दैनिक १ घण्टा)