साईटिस शाखा
यस शाखामा एक जना उपसचिव प्रा. र एक जना वन अधिकृत गरी जम्मा दुईजना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।
(क) शाखाको कार्य विवरण:
१. वन क्षेत्रगत वातावरण व्यवस्थापन सम्बन्धी नीति, ऐन नियम, निर्देशिका, मापदण्ड तयारी, संशोधन तथा परिमार्जन
- क्षेत्रगत समस्या पहिचान र विश्लेषण
- सरोकारवालासँग छलफलको आयोजना
- सुझाव प्राप्ती
- राय सहित महाशाखा प्रमूख समक्ष पेश गर्ने
- सेवाग्राही तथा सरोकारवालालाई आवश्यक सूचना, जानकारी उपलब्ध गराउने
२. रणनीतिक वातावरणीय प्रभाव मूल्यांकन, वातावरण प्रभाव मूल्यांकन तथा प्रारम्भिक वातावरणीय परीक्षण
- वातावरण संरक्षण ऐन तथा नियमावली अनुरुपको मापदण्डका लागि सम्बन्धीत वातावरणीय ध्ययन गर्न गराउन सम्बन्धीत निकायहरुवाट प्राप्त कार्यसूची तथा क्षेत्र निर्धारण (स्कोपिंग) डकुमेन्टहरु अध्ययन गरी महाशाखा प्रमुख समक्ष राय साथ पेश गर्ने
- डि.व.का. हरुबाट प्राप्त फाइलहरु उपर क्षेत्रगत ऐन, नियम, निर्देशिका अनुसार विश्लेषण गरी प्रकृया पुरा भएको खण्डमा महाशाखा प्रमुख समक्ष राय साथ पेश गर्ने
- मन्त्रालयबाट निर्णय सहित प्राप्त फाईल कार्यन्वयनको लागि महाशाखा प्रमूखको स्वीकृती लिई कार्यान्वयन गराउने
- वातावरणीय अध्ययन गर्न गराउन सम्बन्धीत निकायहरुवाट प्राप्त कार्यसूची तथा क्षेत्र निर्धारण ( स्कोपिंगा डकुमेन्टहरु स्वीकृति अघि तथा कार्यान्वयनका चरणमा आवश्यकतानुसार स्थलगत
- अनुगमन गरी प्रतिवेदन पेश गर्ने गराउने यससँग सम्बन्धीत उजुरी तथा गुनासो सम्बोधन गर्ने
- वातावरणीय प्रभाव अध्ययन सम्बन्धी रणनीतिक सुझावहरु पेश गर्ने
- प्रत्यायोजित अन्य थप अधिकार वमोजिम निर्णय दिने र राय ठहर साथ पेश गर्ने
३. संरक्षित क्षेत्रभन्दा बाहिरको वनक्षेत्रगत वातावरण व्यवस्थापन सम्बन्धी अन्तर्राष्टिय सन्धी सम्झौताहरुको कार्यान्वयन तथा अनुगमन
- संरक्षित क्षेत्रभन्दा बाहिरको रामसार क्षेत्रहरुको व्यवस्थापन कार्ययोजना तयारी तथा कार्यान्वयन सम्बन्धी सरोकारवालाहरुसंग समन्वय गर्ने गराउने
- साईटिसको अनुसूचीमा सूचिकृत संकटापन्न वनस्पति तथा वन्यजन्तुहरुको ओसार पसार सम्बन्धी नियमानुसार अनुमति दिने तथा अनुगमन गर्ने गराउने
- तोकिएको ढाँचामा नियमित प्रतिवेदन तयार गरी महाशाखा प्रमुख समक्ष पेश गर्ने
- प्रत्यायोजित अन्य थप अधिकार बमोजिम राय पेश गर्ने र निर्णय दिने
४. जलवायू परिवर्तन, साइटिस, रामसार, जैविक विविधता महासन्धी सम्बन्धी
- आवश्यक नीति, निर्देशिकाहरुको अध्ययन गरी परिमार्जन सुधार गर्नुपर्ने भएमा आवश्यकतानुसार महाशाखा प्रमुख समक्ष पेश गर्ने
- कार्यक्रम कार्यान्वयन गर्न श्रोत र क्षमता विस्तार गर्ने
- कार्यक्रम कार्यन्वयनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने
- सूचना प्रणालीको विकास गर्ने, तथ्याँइ अध्यावधिक गर्ने र अभिलेखीकरण गर्ने
- आवश्यकता अनुसार अनुगमन गरी सम्बन्धीत निकायमा प्रतिवेदन दिने
५. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु