सामाजिक वन शाखा

सामाजिक वन शाखाको कार्य बिबरणः-

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा. र एक जना वन अधिकृत गरी जम्मा दुई जना कर्मचारीहरुको दरवन्दी रहने र विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

शाखाको कार्य विवरण

१. समुदायमा आधारित वनका वहु आयमिक पक्षहरुको सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने

२. अन्तराष्ट्रिय अनुसन्धान निकायहरुसंग तथा प्राज्ञिक निकायहरुसंग समन्वयका साथै विभिन्न छोटा अवधिका कोर्ष (क्जयचत त्भचm ऋयगचकभ) हरु संचालन गर्ने

३. समुदायमा आधारित वन व्यवस्थापन प्रणालीको बारेमा सूचना समाग्री निर्माण तथा वितरण गर्ने

४. समुदायमा आधारित वन व्यवस्थापनमा सरोकारवालाहरुको क्षमता अभिवृद्धका क्रियाकलापहरु सञ्चालन गर्ने

५. वन संरक्षण क्षेत्रको रणनीति, निर्देशिका, मापदण्ड, कार्ययोजना तयारी र क्षेत्र घोषणा सम्बन्धी कार्य

६. वन संरक्षण क्षेत्रको कार्ययोजना कार्यान्वयनमा विभिन्न वन व्यवस्थापन पद्धतीका सरोकारवालाहरु संग समन्वय र सहजिकरण कार्य

७. वन उद्यमहरु स्थापना गर्ने सम्बन्धी नीतिगत कार्यहरु गर्ने र मापदण्डहरु तयार गर्ने

८. वन उद्यमका लागि आवश्यक वन पैदावारको सुनिश्चितता गर्ने

९. संभाव्य वन उद्यम तथा क्षेत्रहरुको खोज तथा सूची तयार गरी नक्सांकन गर्ने,

१०. वन उद्यमबाट उत्पादित वस्तुहरुको वजारीकरण गर्दै निर्यात प्रवद्धनमा टेवा पुर्याउने,

११. वन उद्यम प्रवद्धनका लागि सरोकारवालाहरुको समन्वयमा कार्यक्रम संचालन गर्ने