वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व षष्ठी - ६
संरक्षण प्रबिधि शाखाको कार्य बिबरणः-
शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा., स्वा., इन्जि.जियोलोजी अधिकृत १, बोटनी ईकोलोजी अधिकृत १, कृ.ईन्जि. अधिकृत १ र ईन्जि.केमेष्ट्री १ गरी जम्मा ५ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।
शाखाको कार्यविवरण
१. राष्ट्रिय स्तरमा भू स्खलन तथा जलाधार संरक्षण सम्बन्धि कार्यमूलक अनुसन्धान गर्ने
२. भू तथा जलाधार संरक्षण सम्बन्धि प्रविधिहरुको स्थलगत प्रदर्शन
३. संघ, प्रदेश र स्थानीय तहमा उपयोगी हुने भू तथा जलाधार संरक्षण सम्बन्धि सूचना तथा प्रविधि विकास
४. प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धि भू क्षमतामा आधारित ज्ञान, प्रविधि तथा अन्य वैज्ञानिक अध्ययन अनुसन्धान गरी प्रदेश तथा अन्तर प्रदेश स्तरमा प्रवर्धन एवं प्रचार प्रसार
५. प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धि प्रविधि, सूचना तथा अन्य जानकारीहरु प्रदेश सरकार, जलाधार संरक्षण केन्द्र र स्थानीय सरकारका निकायहरुलाई उपलब्ध गराई आवश्यक सहजीकरण, समन्वय
६. बाढी, पहिरो जस्ता जलजन्य प्रकोपहरुको पूर्व सूचना प्रणालीको विकास तथा विस्तार