निजी तथा सार्वजनिक शाखाको कार्य बिबरण

निजी तथा सार्वजनिक शाखाको कार्य बिबरणः-

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।, र एक जना सहायक वन अधिकृत गरी जम्मा दुर्इ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

शाखाको कार्य विवरण

१. निजी तथा सार्वजनिक जग्गामा वन विकास सम्बन्धी नीतिगत व्यवस्था मिलाउने

२. निजी वन तथा कृषि वनको विकास तथा विस्तार सम्बन्धी

३. कृषि वन प्रणालीमा आधारित वनहरुको संरक्षण तथा सदुपयोग गर्दै समानुपातिक लाभ वितरणका लागि आवश्यक व्यवस्था मिलाउने,

४. कृषिवन प्रणालीमा आधारित वन व्यवस्थापन प्रणालीलाई प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालहरुसंग समन्वय तथा क्षमता अभिवृद्र्धका क्रियाकलापहरु संचालनमा गर्ने

५. राष्ट्रिय वन वाहिरका क्षेत्रमा वन विकास गरी हरियाली कायम गर्नका साथै राष्ट्रिय वन माथिको निरर्भरतालाई घटाउने

६. यस शाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।