योजना तथा जलाधार सूचना प्रणाली शाखा

योजना तथा जलाधार सूचना प्रणाली शाखाको कार्य बिबरणः-

शाखाको कार्यविवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा.स्वा., एक जना भू संरक्षण अधिकृत, एक जना कृषि इन्जि. गरी जम्मा ३ जना कर्मचारीहरुको दरवन्दी रहने र निजहरुको विस्तृत कार्यविवरण निम्नअनुसार रहेको छ ।

शाखाको कार्य विवरण

१.वनक्षेत्रसंग सम्बन्धित क्षेत्रगत नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी वन तथा वातावरण मन्त्रालयमा पेश गर्ने,

२.स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्य गर्ने

३.स्वीकृत वार्षिक कार्यक्रममा संशोधन सम्बन्धी कार्यको गर्ने,

४.दिगो विकासको लक्ष्य सम्बन्धी वन तथा भू संरक्षण विभागको सम्पर्क विन्दुको रुपमा कार्य गर्ने ।

५.विकास सहायता आयोजनाहरुको समन्वय तथा कार्यान्वयन गर्ने

६.विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने ।