भू उपयोग बिकास तथा बिपद न्यूनीकरण

भू उपयोग बिकास तथा बिपद न्यूनीकरण शाखाका कार्यहरुः-

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा. स्वा., इन्जि.जियोलोजी १, कृ.एग्रोनोमी अधिकृत १ गरी जम्मा ३ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

शाखाको कार्य विवरण

भू उपयोग विकास नीतिसंग नबाझिने गरी भू उपयोग विकासको लागि आवश्यक नीति, रणनीतिहरु तयार गर्ने

भू उपयोग विकाससंग सम्बन्धित सरकारी, गैह्रसरकारी संस्थाहरु र दातृ निकायहरुसंग समन्वय र सहकार्य गर्ने

भू उपयोग विकाससंग सम्बन्धित संरक्षण र विकासका नमुना कार्यक्रमहरु सञ्चालन गर्ने, गराउने

विपद् सम्बन्धि तथ्यांक तथा सूचना संकलन, विश्लेषण, अध्ययन अनुसन्धान गर्ने, गराउने

जलवायु परिवर्तन अनुकुलन तथा समानुकुलन सम्बन्धि तथ्याकं तथा सूचना संकलत, विश्लेषण, अध्ययन अनुसन्धान गर्ने, गराउने तथा बदलिदो परिवेशमा उपयुक्त हुने प्रविधि तथा रणनीति विकास गर्ने, गराउने ।

६ जलवायु परिवर्तनसंग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संरक्षण साझेदारहरुसंग समन्वय सहकार्य गर्ने

७ विपद् न्यूनीकरण न्यूनीकरणका लागि सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने, गराउने

८ क्षतिग्रस्त भूमि, नदीउकास जग्गा जस्ता क्षेत्रहरुको नक्शांकन गरी व्यबस्थापकिय कार्यान्वयन योजना तर्जुमा गर्ने ।

नदि उकास जग्गा व्यवस्थापनसंग सम्भंधित ऐन, नियमवालिहरुको कार्यान्वयन

१० विभागीय प्रमुखले तोकेको अन्य आवस्यक कार्यहरु गर्ने