वन व्यवस्थापन शाखा

वन व्यवस्थापन शाखाको कार्य बिबरणः-


शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।, र एक जना सहायक वन अधिकृत गरी जम्मा दुर्इ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

(क) शाखाको कार्य विवरण

१. वन व्यवस्थापन सम्बन्धि नीति, ऐन नियम, निर्देशिका, मापदण्ड तयारी, संशोधन तथा परिमार्जन सम्बन्धी

२. वन क्षेत्रको भू उपयोग नीति, वनको वर्गिकरण र व्यवस्थापन संवन्धी कार्य

३. विभिन्न अनुगमन निरिक्षण प्रतिवेदन सम्वन्धमा वन व्यवस्थापन सम्वन्धी विषयको विश्लेषण गरी सुधारको लागि आवश्यक पहलकदमीको सिफारिस गर्ने

४. वन व्यवस्थापन सम्वन्धी विद्यमान मोडलहरुको विश्लेषण गरी नीतिगत सुधारको लागि सिफारिस

५. एकभन्दा बढी प्रदेशमा फैलिएको, भौगोलिक तथा प्राकृतिक रुपमा जोडिएको, पारिस्थिकिय प्रणालीको दृष्टिकोणबाट अन्तर सम्बन्धित रहेको, चाक्लाको रुपमा रहेको, भू-परिधीयस्तरमा समेटिएको वनको संरक्षण व्यवस्थापन र सदुपयोग सम्बन्धि नीति, रणनीति, निर्देशिका, मापदण्ड, नक्शांकन सम्बन्धी कार्य

६.अन्तर प्रादेशिक वन र संरक्षण वन क्षेत्रको ँयअब िशाखाको रुपमा कार्य

७. वन पैदावार सदुपयोग सम्वन्धी

८. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने ।