वन संरक्षण शाखा

वन संरक्षण शाखाको कार्यबिबरणः-

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा. र एक जना वन अधिकृत गरी जम्मा दुर्इ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

(क) शाखाको कार्य विवरण

१.वन संरक्षण सम्बन्धी नीति, ऐन नियम, निर्देशिका, मापदण्ड तयारी, संशोधन तथा परिमार्जन सम्बन्धी

२.वन क्षेत्रको भू उपयोग परिवर्तन, वन क्षेत्रको भू स्वामित्व सम्बन्धी

३.वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन र वन अपराध नियन्त्रण सम्बन्धी

४.वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी

५.व्यवसायिक कवुलियती वन सम्बन्धी

६. वन सुरक्षा सम्बन्धी क्रियाकलापहरु संचालन गर्ने

७. वन अपराध सम्बन्धी विषयमा छानविन तथा प्रतिवेदन लेखनका कार्यहरु गर्ने

८. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने