प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा आमै - ३०

साइटिस शाखा

साईटिस शाखा

यस शाखामा एक जना उपसचिव प्रा. एक जना वन अधिकृत गरी जम्मा दुईजना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

(क) शाखाको कार्य विवरण:

१. वन क्षेत्रगत वातावरण व्यवस्थापन सम्बन्धी नीति, ऐन नियम, निर्देशिका, मापदण्ड तयारी, संशोधन तथा परिमार्जन

२. रणनीतिक वातावरणीय प्रभाव मूल्यांकन, वातावरण प्रभाव मूल्यांकन तथा प्रारम्भिक वातावरणीय परीक्षण

३. संरक्षित क्षेत्रभन्दा बाहिरको वनक्षेत्रगत वातावरण व्यवस्थापन सम्बन्धी अन्तर्राष्टिय सन्धी सम्झौताहरुको कार्यान्वयन तथा अनुगमन

४. जलवायू परिवर्तन, साइटिस, रामसार, जैविक विविधता महासन्धी सम्बन्धी

५. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु