भौगोलिक सूचना प्रणाली तथा नक्साँकन शाखाको कार्य बिबरणः
शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।, र एक जना सहायक वन अधिकृत गरी जम्मा दुर्इ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।
शाखाको कार्य विवरण
- विभिन्न वन क्षेत्रहरुको भौगोलिक सूचना प्रणालीको आधारमा सिमाङ्कन सम्बन्धी
- वन व्यवस्थापन प्रणाली अनुसार क्रियाशिल वन उपभोक्ता समूहहरुको स्रोत नक्शांकन अध्यावधिक गर्ने सम्बन्धि
- दुर सम्वेदन प्रणाली तथा भौगोलिक सूचना प्रणालीको माध्यमबाट भू उपयोगिता परिवर्तन अध्यावधिक सम्बन्धि
- वन डढेलो आंकलन, नक्शांकन तथा अद्यावधिक सम्बन्धी
- विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने