संवेदनशील जलाधार शाखा

संवेदनशील जलाधार व्यवस्थापन शाखाको कार्य बिबरण

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।स्वा., र एक जना सहायक भू-संरक्षण अधिकृत २ गरी जम्मा ३ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

राष्ट्रिय, प्रादेशिक, तथा स्थानियस्तरका जलाधार क्षेत्रहरुको पहिचान, वर्गिकरण र प्राथमिकिकरण गर्ने

अन्तरदेशिय, अन्तर प्रदेशिय फैलिएका नदीप्रणालीहरुको उपल्लो र तल्लो तटिय अन्तरसम्बन्ध कायम गर्दै एकीकृत जलाधार व्यवस्थापन गर्नें

संवेदनशिल तथा संरक्षित जलाधार क्षेत्रहरुको पहिचान, व्यवस्थापकिय योजना तर्जुमा र कार्यान्वयन

४ संघियस्तरमा रहेका बृहत जलाधार व्यवस्थापन केन्द्रहरुको कार्यको समन्वयन गर्ने

संघिय जलाधारसंग सम्बन्धित निकायहरुसंग समन्वय, सहजिकरण र सहकार्य

राष्ट्रिय, प्रादेशिक, तथा स्थानियस्तरका विभिन्न भूपरिधि वा जलाधार क्षेत्रहरुको संवेदनशिलता मापदण्ड र सूचक पहिल्याउने

वातावरणीय सेवा भुत्तानी तथा जलवायु परिवर्तन सम्बन्धि आवश्यक अध्ययन र कार्यान्वयन निर्देशिका तयार

जलाधार स्रोत संबन्धि भूू जैविक तथा सामाजिक÷आर्थिक तथ्याङ्कहरु अध्यावधिक राखी सुचना प्रणलीको व्यवस्थापन ।

मौजुदा भू तथा जलाधार संरक्षण सम्बन्धि कार्यविधि निर्देशिका परिमार्जन तथा वार्षिक प्रतिवेदन प्रकाशन